कैलाश मानसरोवर यात्रा कार्यक्रम

  • Day 01 काठमाण्डौ देखि श्याब्रुवेशी सम्म

    आज तपाई बिहान सबेरै काठमाण्डौबाट १७० किलोमिटर उत्तरमा अवस्थित तिब्बत/चीनको केरुङ सँग सीमा जोडिएको सानो सहर स्याब्रुबेशीतर्फ प्रस्थान गर्नुहुनेछ। यो मनमोहक यात्रा स्याब्रुबेशी पुग्न लगभग ८ घण्टा लाग्नेछ। राजमार्गको लगभग ७० किलोमिटर भाग जोखिमपूर्ण यात्रा हुन सक्छ। 

    काठमाण्डौ देखि श्याब्रुवेशी: १७० कि मि (८ घण्टाको यात्रा)

    ● श्याब्रुवेशीको उचाई: १४५० मि./४७५६ फिट

    ● अपेक्षित तापमान दिनको समयमा: १८°C to २५°C,रातको समय: ४°C to ६°C

    ● मौसम अवस्था: सामान्य बदली र वर्षा

    • Meals: खाना (दिन, रात)
    • Accommodation: सामान्य होटल
    • Place: स्याब्रुबेशी/टिमुरे
    • Altitude: १४५० मि./४७५६ फिट
  • Day 02 सिमापार गरेर केरुङको यात्रा

    बिहानको खाजा नास्ता पछि, मितेरि पुलको यात्रा हुनेछ। मितेरि पुलसम्मको यात्रा १८ कि मि को हुनेछ, अध्यागमन र बोडरको औपचारिकताहरू पार गरेर केरुङ उपत्यकाको यात्रा हुनेछ। मितेरि पुल देखि केरुङ उपत्यका सम्मको दुरि २३ कि मि छ।

    ● श्याब्रुवेशी देखि बोडर: १८ कि मि, ४५मिनेट (approx.)

    ● मितेरि पुल देखि केरुङ: २३ कि मि, १ घण्टा

    ● केरुङको उचाई: २६०० मि./८५२८ फिट 

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: होटल
    • Place: केरुङ
    • Altitude: २६०० मि./८५२८ फिट
  • Day 03 केरुङ बाट साँगा

    केरुङ बाट तपाई पुग्ने पहिलो तिब्बती सहर साँगा हो। साँगा ब्रह्मपुत्र नदीको किनारमा अवस्थित छ जुन कैलाशबाट उत्पत्ति हुन्छ। कैलाशबाट यो नदी ल्हासामा बग्छ र अरुणाचल प्रदेशको विशाल क्षेत्र पार गर्दै असमको मैदानमा झर्छ। आज, हाम्रो यसै साँगा मा रात्रि विश्राम हुनेछ।

    ● केरुङ बाट सागा: १५४ कि मि/४ घण्टा

    ● साँगाको उचाई: ४६४० मि./१५२२३ फिट

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: होटल
    • Place: सागा
    • Altitude: ४६४० मि./१५२२३ फिट
  • Day 04 यात्रा साँगा देखि मानसरोवर (CHIU GOMPA)

     बिहान सबेरै, तपाईं साँगाबाट अर्को गन्तव्य, मानसरोवर तालको लागि प्रस्थान गर्नुहुन्छ। होर्चु (मानसरोवर तालको पूर्वी तट) पुगेपछि, तपाईंले बस परिवर्तन गर्नुहुनेछ र घडीको दिशाबाट बसमा पवित्र तालको परिक्रमा गर्न सुरु गर्नुहुनेछ।

    ● साँगा देखि मानसरोवर ताल: ४७० कि मि/७ घण्टा

    ● मानसरोवर तालको उचाई: ४५९० मि/१५०५९ फिट

    ● अपेक्षित तापमान दिनको समयमा: २२°C to ३२°C,रातको समय: -३°C to -४°C

    ● जलवायु स्थिति: हावाहुरि

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: धेरै साधारण
    • Place: मानसरोवर ताल
    • Altitude: ४५९० मि/१५०५९ फिट
  • Day 05 मानसरोवर ताल बाट दार्चेनको यात्रा

    बिहान पवित्र स्नान, पूजा र हवन गर्नेछौं। पूजा र हवन समाप्त गरेपछि हामी रात्रि विश्रामको लागि दार्चेन प्रस्थान गर्नेछैं।

    ● मानसरोवर ताल बाट दार्चेन: ४५ कि मि/१ घण्टा

    ● दार्चेनको उचाई : ४६७० मि./१५३२१ फिट

    ● अपेक्षित तापमान दिनको समयमा: १२°C to १७°C,रातको समय: -०५°C to -०६°C

    ● जलवायु स्थिति: हावाहुरि

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: होटल
    • Place: दार्चेन
    • Altitude: ४६७० मि./१५३२१ फिट
  • Day 06 दार्चेन देखि यमद्धार, त्यसपछि डेराफुक सम्म ट्रेक (कैलाश पर्वत परिक्रमा सुरु)

    आज हामी पवित्र कैलाश पर्वतको परिक्रमा सुरु गर्ने दिन हो। हामी यमद्वार (तिब्बती भाषामा तारबोचे पनि भनिन्छ) सम्म बसमा यात्रा गर्छौं जुन ५ किलोमिटर टाढा छ। यमद्वारमा हामी घोडा, भरिया र याकहरू भेट्छौं र त्यसपछि डेराफुकको लागि प्रस्थान।

    परिक्रमा नगर्नेहरु यमद्वारबाट दार्चेन फर्केर दुई दिन पर्खनेछन् भने परिक्रमा गर्न गएका अन्य सदस्यहरू नफर्किए सम्म अरु दार्चेनमै बस्नेछन्।

    डेराफुक सम्मको सम्पूर्ण यात्रा हल्का समतल कहिकतै हल्का उचाई छ, यद्यपि यस क्षेत्रको अत्यधिक उचाइको कारणले, हामी थकित महसुस गर्छौं, र बाटोमा धेरै ठाऊमा बस्दै बस्दै पैदल हिड्न आवश्यक पर्दछ। यात्राको अन्तिम खुट्किलाहरू अलि कठिन छ। तर, यो आधा घण्टाको लागि मात्र हो।

    कैलाश पर्वतको उत्तरी मुख यहाँबाट केही हजार मिटर मात्र टाढा छ। उत्तरी अनुहारको नजिकबाट हेर्नको लागि यो एक मात्र ठाउँ हो।

    ● यमद्धार बाट डेराफुक: १० कि मि/५ देखि ६ घण्टा पैदल

    ● डेराफुक को उचाई : ४९२० मि/१६१३८ फिट

    ● अपेक्षित तापमान दिनको समयमा: १२°C to १७°C,रातको समय: -०५°C to -०८°C

    ● मौसम अवस्था: हावाहुरी, आंशिक बदली र वर्षा

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: धेरै साधारण
    • Place: डेराफुक
    • Altitude: ४९२० मि/१६१३८ फिट
  • Day 07 डेराफुक देखि जुटुफुक

    आज तपाईंले जुटुफुक पुग्नु अघि कैलाश पर्वतको परिक्रमा गर्दा असहज भागबाट महत्त्वपूर्ण दूरी पार गर्नुपर्नेछ। डेराफुकबाट हामीले धेरै चाँडो पैदल सुरु गर्नुपर्छ। सुरुदेखि नै, पैदल यात्रा कठिन हुने छ तर बीचमा यात्रा केहि सहज हुन्छ। डोल्मा-ला (५६००मि.) सम्म, बाटोले तपाईंलाई माथि र माथि लैजान्छ। डोल्मा-ला यस यात्राको उच्चतम बिन्दु हो।

    डोल्मा-लाबाट ओर्लँदै गर्दा, हामी एउटा सानो हिमनदीको पोखरीको छेउमा बाट जान्छौं जुन लगभग जमेको हुन्छ। यो हो गौरीकुण्ड । यस पोखरीको पौराणिक कथा भगवान शिवकी पत्नी माता पार्वती सँग जोडिएको छ।

    जबहामि उपत्यकामा झर्छै तेस पछिको जुटुलफुकसम्मको यात्रा सजिलो हुन्छ।

    ● डेराफुक देखि जुटुफुक: २२ कि मि /९ देखि १० घण्टा पैदल

    ● पार गर्नुपर्ने उच्चतम बिन्दु: डोल्मा-ला पास (५६००मि/१८३६८फिट)

    ● जुटुफुक को उचाई: ४८२० मि./१५८१० फिट

    ● अपेक्षित तापमान दिनको समयमा: १४°C to २२°C,रातको समय: -०३°C to -०५°C

    ● मौसम अवस्था: हावाहुरी

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: धेरै साधारण
    • Place: जुटुफुक
    • Altitude: ४८२० मि./१५८१० फिट
  • Day 08 परिक्रमा पुरा गरेर साँगा फिर्ता

    आज दिव्य परिक्रमाको अन्तिम दिन हो। बिहानको खाजा पछि, हामी हाम्रो सामान प्याक गरेर दार्चेन फर्कनेछै यस यात्रा सजिलो र समतल छ। यस यात्रा पूरा हुन करिब ३ घण्टा लाग्नेछ।

    हाम्रो बस अन्तिम बिन्दुमा हामीलाई पर्खिरहेको हुनेछ, जुन दार्चेनको अगाडि छ।तेस पछि हामि बाकि साथिहरुको साथ मानसरोवरको किनार हुदै सागा फर्कनेछैं।

    ● जुटुफुक देखि पैदल समाप्त स्थान: ८ कि मि/३ घण्टा पैदल

    ● पैदल समाप्त स्थान देखि साँगा: ६०० कि मि/९ घण्टा  

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: होटल
    • Place: साँगा
    • Altitude: ४६४० मि./१५२२३ फिट
  • Day 09 साँगा बाट केरुङ फिर्ता

    बिहानको खाजा पछि केरुङ फर्किनेछैँ, बाटोमा हामी सागाँ र ब्रह्मपुत्र नदी पार गर्छौं, त्यसपछि हामी पेकु तालमा पुग्नु अघि दायाँ मोड लिएर केरुङ तर्फ प्रस्थान गर्छै।

    ● सागा बाट केरुङ : १५४ कि मि/४ घण्टा

    ● केरुङको उचाई: २६०० मि. /८५२८ फिट.   

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: होटल
    • Place: केरुङ
    • Altitude: २६०० मि. /८५२८ फिट.
  • Day 10 केरुङ बाट श्याब्रुबेशी

    बिहानको खाजा पछि, हामी मितेरि पुल तर्फ प्रस्थान गर्नेछैँ। मितेरि पुलमा बोडर र अध्यागमनको औपचारिकताहरू पार गरेर श्याब्रुबेशी तर्फ प्रस्थान गर्नेछैँ।

    • Meals: खाना (बिहान, दिन, रात)
    • Accommodation: सामान्य होटल
    • Place: श्याब्रुबेशी / टिमुरे
    • Altitude: १४५० मि./४७५६ फिट
  • Day 11 काठमाडौं फिर्ता

    बिहानको खाजा पछि, काठमाडौंको लागि प्रस्थान गर्छै। काठमाडौं पुग्न करिब ६ घण्टा लाग्ने छ ।

    • Meals: खाना (बिहान, दिन)