कैलाश मानसरोवर यात्रा

Duration: 11 Days
  • Destination: Tibet
  • Trip Difficulty: Easy to Hard
  • Trip Style: Trekking
  • Transport: Drive
  • Food: Breakfast,Lunch,Dinner(BLD)
  • Accommodation: Varied
  • Max Elevation: 5600 M

हिन्दू, बौद्ध, जैन जस्ता अनेकौं धर्मालम्बीहरुको महान तीर्थस्थल कैलाश मानसरोवरको तीर्थयात्रा आम तीर्थयात्रीको जीवनकालमा अति महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २५ सय भन्दा धेरै तीर्थयात्रीहरुको यात्रा सफलताका साथ सम्पन्न गराएको राम्रो अनुभव हामीसँग छ यसर्थ तपाईको यात्रा पनि हामी सफलता पूर्वक सम्पन्न गराउन हरेक पल प्रतिवद्ध रहनेछौं । हामी तपाईको सही सहयात्री हौं, निर्धक्कका साथ हामीसँग आउनुहोस् र आजै आफ्नो स्थान सुरक्षित राख्नुहोस |

Highlights

  • लाङटाङ राष्ट्रिय निकुञ्जको परिधिमा उत्तरी नेपालको जंगली र असहज भू-भागबाट यात्रा
  • नेपाल/चीन सीमामा रहेको मैत्री पुलबाट यात्रा
  • पवित्र मानसरोवर तालको पानि बाट स्नान
  • तिब्बतको अग्लो पहाडको यात्रा
  • एशियाको सबैभन्दा पवित्र पर्वत चुचुराहरू मध्ये एकको नजिक बाट दर्शन तथा परिक्रमा
  • ब्रह्मपुत्र नदी को नाजिक रात्रि बिश्राम

Outline Itinerary

  • Day 01काठमाण्डौ देखि श्याब्रुवेशी सम्म
  • Day 02सिमापार गरेर केरुङको यात्रा
  • Day 03केरुङ बाट साँगा
  • Day 04यात्रा साँगा देखि मानसरोवर (CHIU GOMPA)
  • Day 05मानसरोवर ताल बाट दार्चेनको यात्रा
  • Day 06दार्चेन देखि यमद्धार, त्यसपछि डेराफुक सम्म ट्रेक (कैलाश पर्वत परिक्रमा सुरु)
  • Day 07डेराफुक देखि जुटुफुक
  • Day 08परिक्रमा पुरा गरेर साँगा फिर्ता
  • Day 09साँगा बाट केरुङ फिर्ता
  • Day 10केरुङ बाट श्याब्रुबेशी
  • Day 11काठमाडौं फिर्ता

Inclusion

यात्रामा समावेश सेवा-

 

०१.  स्याब्रुवेशीमा सबै भोजनसहित दुई रातको होटल व्यवस्था

०२. काठमाडौं - स्याब्रुवेशी - काठमाडौं बस सेवा

०३. तिब्बतको समूह भिसा र यात्रा / ट्रेकिंग परमिट

०४. तिब्बतमा गेस्ट हाउस (सम्पूर्ण यात्राको लागि) - सबै ठाउँमा तिब्बती साझा शौचालय भएको धेरै साधारण गेस्ट हाउस

०५. तिब्बतमा यात्रा गर्दा शाकाहारी भोजन (बिहान, दिउसो, बेलुका)

०६. तिब्बतमा यात्रा बस द्वारा हुनेछ

०७. मानसरोवर तालको परिक्रमा सरकारि बसबाट

०८. अंग्रेजी भाषा बोल्ने तिब्बती गाइड

०९. एक नेपालि टुर प्रबन्धक

१०. आवश्यक नेपाली स्टाफ टिम (गाईड, कुक, शेर्पाहरू लगायत)

११. सबै आवश्यक क्याम्पिंग उपकरणहरू

१२. परिक्रमामा भोजन सामान लाग्ने याक र याक मान्छे

१३. आपतकालीन प्रयोगका लागि ऑक्सिजन

१४. मेडिकल किट ब्याग / फर्स्ट एड किट

१५. सबै लागू हुने कर र सेवा शुल्कहरू

यात्रामा यि सेवा समावेश छैन-

०१. परिक्रमामा चढ्ने घोडा

०२. यात्रुको बीमा

०३. आपतकालीन उद्धार (हेलिकप्टर खर्च, अस्पताल बिल, गाडी बिल इत्यादि)

०४. अस्थापद दर्शन (अस्थापद भ्रमण गैर-अनुमति भएको छ)

०५. व्यक्तिगत खर्च र पेय पदार्थहरू

०६. गाइड र चालकलाई टिप

०७. प्राकृतिक आपदा र अनपेक्षित परिस्थितिहरूको कारणले भएको कुनै अतिरिक्त खर्च

 

 

 

Useful Information

यात्रीले यात्रामा बोक्नुपर्ने सामाग्रीहरु
कपडा: मौसम र तापक्रम दुवै चरमका लागि लुगाहरू। कैलाश जाँदा गाडी भित्र न्यानो हुने र हल्का कपडा चाहिन्छ तर गाडीबाट बाहिर निस्कने बित्तिकै तिब्बती पठारको चिसो हावाबाट बच्न न्यानो कपडाको आवश्यकता पर्छ । साँझ सामान्यतया चिसो हुनेछ र न्यानो कपडा आवश्यक हुनेछ हामी तपाईंलाई निम्न कपडा र सामानहरू साथ ल्याउन सिफारिस गर्दछौं।
ज्याकेट
सुइटर
कपडा सट बाक्लो र पातलो
कपडा पाईट बाक्लो र पातलो
टी शर्ट पुरा बाउला
ट्र्याक बाक्लो र पातलो
थर्मो कोट
तौलीया
मोजा
जुत्ता
चप्पल
रेनकोट
चस्मा ( sunglass)
टोपि
पन्जा
सन क्रीम
टर्च
ब्याट्री
ब्याट्रि ब्याकप (PowerBank)
साबुन
मन्जन ब्रस
शौचालय पेपर
 तातोपानि  राख्ने बोतल १ ली. जाने
चिपिस्टिक
अरु जाडोको सामान


धार्मिक गुरु दलाई लामासंग सम्बन्धित कुनै पनि सामाग्रीको प्रयोग गर्न पाइने छैन । (जस्तै फोटो, पत्रपत्रिका, लेखहरु)
यात्रीहरुले ड्राइफुड (काजु, किसमिस ,पिस्ता ,बदाम, छोकड़ा,  चकलेट ,सातु आदि) बोकेमा यात्रा सहज हुनेछ । 
 नियमित प्रयोगमा आउने आफ्नो औषधीहरु बोक्नु पर्नेछ (जस्तैःप्रेसर ,सुगर ,थाइराइड, कोलेस्टोर ,आस्मा आदी) 
 कैलाश यात्रामा चाइनीज मुद्रा मात्र प्रयोगमा आउनेछ (काठमान्डौ मा ब्यबस्था गर्नुहोला )
तापक्रम (चैत्रदेखि भदौसम्म)  ४ देखि +२० सेल्सीयस (दिनमा) , – १ देखि - ४ सेल्सीयस (रात्रीमा)